ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘भेटी’ र ‘लफडा’ निर्माण गरेका निर्माता नारायण खतिवडाले ‘मेरो मान्छे’ नामक नयाँ फिल्म बनाउने भएका छन् । फिल्ममा दीपक ढकाल, सगुन शाही र मिस्स थापाले प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन्। दीपकको यो डेब्यु फिल्म हो भने सगुनको चाहिँ दोस्रो हो।
फिल्मका निर्देशक राज संगमका अनुसार फिल्मका लागि दीपक बुधबार फाइनल भएका हुन्। ‘फिल्मले अहिलेको समयमा हराउँदै गएको वास्तविक माया र प्रेमको अर्थलाई बुझाउनेछ।’ फिल्मको छायांकन चितवन, पोखरा र इलाममा हुने भएको छ। अन्य प्राविधिक फाइनल हुन बाँकी फिल्म भाद्रको पहिलो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ। हाल गीतहरुको काम भैरहेको छ। संगीतकार अर्जुन पोखरलको संगीत रहने फिल्ममा दीपक लिम्बु, माण्डवी त्रिपाठी आदिको स्वर रहनेछ।