साउन १६ मा मेरो भ्यालेन्टाइन


mero-valentine
ग्ल्यामर नेपाल, काठमाडौं । निर्माणको दुई वर्ष पछि फिल्म ‘मेरो भ्यालेन्टाइन’ प्रदर्शन हुने भएको छ । फिल्म साउन १६ बाट अल नेपाल रिलिज हुँदैछ । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको फिल्ममा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको प्रमुख अभिनय रहेको छ । फिल्म रिलिज बारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नायिका अधिकारीले आफ्नो लागि फिल्म विशेष भएको बताइन् ।

‘यो फिल्म हेरिसकेपछि मलाई ‘फस्टलभ’ हेर्दाको जस्तै उत्साह आयो । कहिँकतै पनि बोर भएन,’ निशाले भनिन्,‘यो फिल्मले पनि मयााकै कुरा गर्छ, त्यसकारण पनि चल्छ जस्तो लागेको छ।’ फिल्मका निर्माता सुशील श्रेष्ठले फिल्म रिलिजमा ढिला भएपनि फिल्म नयाँ नै हुने बताए ।

SUBSCRIBE 👉