
बलिउडको सुपरहिट फिल्म ‘धूम–३’ चीनको शीर्ष १० फिल्ममा परेको छ । यो फिल्म चीनको ४ सय शहरका २ हजार पर्दामा रिलिज भएको थियो । फिल्मको प्रोडक्सन हाउस यशराज फिल्मस्ले एक विज्ञप्ति जारी गर्दै चीनबाहेक फिल्मले तुर्कीको बक्स अफिसमा पनि धुम मच्चाएको जनाएको छ ।
यो फिल्म तुर्कीको शीर्ष १० मा पर्ने एकमात्र भारतीय फिल्म भएको छ । फिल्मले चीनको फिल्मी सूचीमा नवौं स्थानमा आफुलाई सुरक्षित राखेको छ । जुलाई २५ मा चीनका अधिक पर्दामा रिलिज हुने पहिलो फिल्म पनि ‘धुम–३’ नै बनेको छ ।
आमिर खान, क्याट्रिना कैफ, अभिषेक बच्चन, उदय चोपडा आदि अभिनित फिल्मका निर्देशक विजयकृष्ण आचार्य हुन् । आचार्यले फिल्मको पटकथा निर्माता तथा व्यानरका मालिक आदित्य चोपडासँग मिलेर लेखेका थिए ।
