‘ताण्डव’ प्रमोशनमा लाहुरेको गीत(भिडियो)



ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘ताण्डव’मार्फत नेपाली रजतपटमा प्रवेश गरेका ¥याप गायक आशिष राना ‘लाहुरे’ले फिल्मको प्रमोशनल शैलीको गीत गाएका छन् । आफ्नै स्वर र शब्द रहेको गीतको भिडियोमार्फत उनले समाजका विभिन्न कुरालाई उजागर गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा ¥याप ब्याटलका रुपमा परिचित लाहुरेले भदौ ६ गते रिलिज हुने आफ्नो फिल्मको लागि गीत गाएका हुन् । स्म्यासिङ एप्पलको व्यानरमा निर्मित फिल्मका निर्देशक मुरे केर हुन् भने निर्माता मोहन डोटेल हुन् । डोटेलले यसअघि ‘बधशाला’ बनाएका थिए । ‘ताण्डव’मा अनुप बराल, प्रमोद अग्रहरी, नम्रता श्रेष्ठ, एलेन गुरुङ र विपिन कार्कीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । फिल्म एक्सन र थ्रिलर शैलीको छ ।

SUBSCRIBE 👉