
Dhiraj Magar and Miruna Magar in a romantic scene from Maijaro movie song
फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ। निर्माण पक्षले बडादसैं फुलपातीको अवसर पारेर गीत को भिडियो रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगर फिचर्ड छन्। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत भएका छन्।
गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्स संगीत गायक अनमोलकै छ। यो गीत रिलिज भएसँगै दर्शकहरुको उत्कृष्ट प्रतिक्रिया दिन थालिसकेका छन्।
हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो। फिल्मको रिलिज पहिलो गीतबाट नै फिल्मले हाइप लिन थालिसकेको छ। फिल्मको पोस्टर र टिजरले एक किसिमको दर्शकमाझ कौतुहलता जगाइसकेको थियो।
मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज र मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन, विशाल लिम्बु लगायतका कलाकारहरुको अभिनय छ।
तक्मे प्रोडक्सन ब्यानरमा निर्माण भएको यो फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।
🎬 भिडियो हेर्नुहोस्: ‘मैझारो’को रोमान्टिक गीत ‘तिमीलाई के थाहा सानु’
