‘जेरीः अन टप’को ‘आमैले भन्थे धाराको पानी’ रिमेक गीतमा अनमोल र आँचलको रोमान्चक नृत्य

चलचित्र ‘साईनो’मा पहिलो पटक साखिएको गीत ‘आमैले भन्थे धाराको पानी’ लाई यस अघि चलचित्र ‘झमकबहादुर’मा रिमेक गरेर राखिएको थियो। अहिले फेरी रिमेक गरेर यही गीतलाई ‘जेरी अन टप’मा राखिएको हो।


Anmol Kc snd Aachal Sharma performing dance in the song of nepali movie 'Jerry on Top'

Anmol Kc snd Aachal Sharma | Jerry on Top

सुयोग गुरुङको फिल्म ‘जेरीः अन टप’को गीत ‘आमैले भन्थे’ रिलिज गरिएको छ। चलचित्र ‘साईनो’मा पहिलो पटक साखिएको यो गीतलाई यस अघि चलचित्र ‘झमकबहादुर’मा रिमेक गरेर राखिएको थियो। अहिले फेरी रिमेक गरेर यही गीतलाई ‘जेरी अन टप’मा राखिएको हो।

यसपटक यो गीतको स्थायी अर्थात हुक लाईन मात्र राखिएको छ। गीतको अन्तरा भने बिराज गौतम र व्रिजेश श्रेष्ठले लेखेका शब्दलाई राखिएको छ। गीतको अन्तराको संगीत पनि विराज र व्रिजेशले नै गरेका हुन्। डान्सिङ बिटमा तयार पारिएको यो गीतमा विराज गौतमसँगै, राजेश पायल राई र अनु ढकालको स्वर पनि सुन्न सकिन्छ।

गीतको भिडियोमा यो चलचित्रको मुख्य कलाकारहरू अनमोल केसी, भुवन केसी, आँचल शर्मा, केदार प्रसाद घिमिरे, उषा खडगीको अभिनय तथा नृत्य हेर्न सकिन्छ। चलचित्रको मुख्य पात्र जेरी (अनमोल)लाई सगरमाथा आरोहणको अवसरमा बधाई दिन आयोजना गरिएको पार्टीमा यो गीत गाउँदै यी कलाकार नाचेको दृष्य भिडियोमा समेटिएको छ।

डान्सिङ नम्बरमा तयार भएको यो गीतको भिडियोमा अनमोल र आँचलले नृत्य आकर्षक छ। नृत्यमा अनमोलले यसपटक राम्रै मेहनत गरेका छन्। केदार प्रसाद घिमिरे (माग्ने बुढा)को पनि नृत्य गीतको भिडियोमा छ।

यो चलचित्रको निर्माता भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी, अनन्या न्यौपाने हुन्। चलचित्रको कार्यकारी निर्माता अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ हुन्। सुयोग गुरुङ निर्देशित यो फिल्म सरोज न्यौपानेको प्रस्तुतिमा अनन्या फिल्मस्को व्यानरमा निर्माण भएको हो। फिल्ममा जसिता गुरुङ, निर्मल शर्मा लगायतका कलाकारहरूको पनि अभिनय छ। यो फिल्म असोज ३१ (अक्टुबर १७) बाट अल नेपाल रिलिज हुदै छ।

भिडियो हेर्नुहोस्: ‘जेरी अन टप’को गीत ‘आमैले भन्थे धाराको पानी’

SUBSCRIBE 👉