चलचित्र ‘स्त्री’ को शीर्षक डिजाइन सार्बजनिक संगै प्रदर्शन मिति घोषणा

नारी–केन्द्रित कथामा निर्माणाधीन चलचित्र ‘स्त्री’को शीर्षक डिजाइन सार्बजनिक संगै प्रदर्शन मिति घोषणा गरिएको छ। थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका जीवन शाहीको चलचित्र ‘स्त्री’ पहिलो निर्देशन हो।


Nepali Movie 'Stree' Title Poster Design

Nepali Movie ‘Stree’ Title Poster

जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘स्त्री’ को प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति घोषणा संगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ।

दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाहीको ‘स्त्री’ डेब्यु निर्देशन हो। सामाजिक कथामा तयार भइरहेको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन्।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राईले लगानी गरेको यो चलचित्रमा निर्देशक शाहीकै कथा छ। पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन्। सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन्।

यो चलचित्रमा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, सुबास काफ्ले प्रोजेक्ट म्यानेजर, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशक तथा श्याम बराल मेकअप र सुकनिता चौलागाईं ड्रेस डिजाइन छन्।

पोस्ट–प्रोडक्सनमा रहेको नारी–केन्द्रित कथामा बनेको चलचित्र ‘स्त्री’को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन्।

SUBSCRIBE 👉