
छैटौँ संस्करणको ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबल २०२६’ (बिआईएफएस) मा नेपालबाट लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) ‘इन्टरनेशलन ओपन डोर समूह’मा चयन भएको छ। बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबल २०२६, जनवरी ६ देखि १० सम्म बंगलादेशको बेगुरा सहरमा आयोजना हुदैछ। यो लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन)को निर्देशक डब्बु क्षेत्री हुन्।
यस अघि ग्रामिण चलचित्र महोत्सवमा यो लघु चलचित्रले उत्कृष्ट निर्देशक अवार्ड (डब्बु क्षेत्री), उत्कृष्ट अभिनेता अवार्ड (प्रवण भुसाल) र अभिनेत्री जुरी अवार्ड (सरिता भारती) जितेको थियो।
नेपाली समाजमा अझै विधामान महिनावारी हुँदा भन्सा र पानीबाट अलग राख्ने तथा पुरुषलाई छुनु नहुने जस्तो छुवाछुतको कुरीतिमाथि केन्द्रित २१ मिनट लामो यो लघु चलचित्रलाई बिलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको हो।
अभिनेता प्रवण भुसाल, अभिनेत्री तथा गायिका सरिता भारती, कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीको मुख्य भूमिका छ। रामशरण उप्रेतीको छायाँकन गरेको लघु चलचित्र ‘द चेन्ज’लाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका हुन् भने ओम सुनारले पाश्र्व संगीत गरेका छन्।
ALSO READ: अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
