विद्यार्थीको मनोवैज्ञानिक कथामा चलचित्र ‘रोल नंं. १’ को छायाँकन सुरु

सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा निर्माण हुन गेको चलचित्र ‘रोल नंं. १’ को छायाँकन सुरु भएको छ।


दुई हप्ता लामो वर्कसपपछि चलचित्र ‘रोल नंं. १’ को छायाँकन सुरु भएको छ। चलचित्रको छायाँकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ।

भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा निर्माण हुन लागेको चलचित्र ‘रोल नंं. १’ को छायाँकन सेडुयुल करिब डेढ महिना रहेको निर्माता विनोद पौडेलले बताएका छन्। सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो चलचित्रले उठाउनेछ।

चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी छन्। यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन्। कथा पनि उनी स्वयंको रहेको छ।

यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन्।

निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ।


ALSO READ: प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ‘मेरो प्रियतम’ गीत रिलिज


SUBSCRIBE 👉