कलाकारहरुको क्यारेक्टर खुलाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर सार्बजनिक

अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर बाहिरिएको छ। पोस्टरमा फिल्मका मुख्य सात कलाकारको क्यारेक्टर प्रस्तुत गरिएको छ।


दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको नेपाली फिल्म ‘परिवर्तन’को अर्को पोस्टर सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले सार्बजनिक गरेको पोस्टरमा फिल्मका मुख्य सात कलाकारको क्यारेक्टर प्रस्तुत गरिएको छ।


एस्तो छ एक्शनले भरिपूर्ण फिल्म ‘परिवर्तन’को टिजर भिडियो


पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देख्न सकिन्छ। अभिनेत्री अञ्जना बराईली प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन्। त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ।


सुशील श्रेष्ठको एक्सन अवतारमा एस्तो छ फिल्म ‘परिवर्तन’को पहिलो पोस्टर


एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको फिल्मको वास्तविक कथा भने फिल्म नै हेरेपछि मात्रै पत्ता लगाउन सकिने निर्माण पक्षको भनाइ छ।

विजय केरुङले निर्देशन गरेको ‘परिवर्तन’मा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन्। दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।


यूएई, कतार र जापानमा कसले किन्यो ‘परिवर्तन’को प्रदर्शन अधिकार?


यो फिल्म माघ ९ गते (जनवरी २३) देखि देशभर प्रदर्शनमा आउँदैछ।

SUBSCRIBE 👉