
दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय एसवाई ग्रुप अफ कम्पनीज अन्तर्गत सञ्चालित एसवाई इन्टरटेन्मेन्ट प्रा.लि. ले आयोजना गरेको प्रतिष्ठित “फेस अफ एसवाई – ब्रान्ड एम्बेसडर हन्ट २०२५” कार्यक्रम जनवरी १६ तारिख नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक छनोट प्रक्रियापछि मलाइशा आचार्य ले फेस अफ एसवाई – ब्रान्ड एम्बेसडर हन्ट २०२५ को उपाधि जित्न सफल भइन्। उनले रु. ५ लाख नगद पुरस्कारका साथै रु. १ करोड मूल्य बराबरको एक वर्षे ब्रान्ड कन्ट्र्र्याक्ट प्राप्त गरिन्। उनको प्रभावशाली प्रस्तुति, सशक्त व्यक्तित्व र ब्रान्डसँगको उपयुक्तता निर्णायक बनेको थियो।
यसैगरी सारा लामा ले फस्र्ट रनर–अपको उपाधि हात पार्दै रु. ४ लाख नगद तथा रु. ५० लाख बराबरको ब्रान्ड कन्ट्र्र्याक्ट प्राप्त गरिन्। अपिल योञ्जन ले सेकेन्ड रनर–अप हुँदै रु. ३ लाख नगद र रु. ३० लाख मूल्य बराबरको ब्रान्ड कन्ट्र्र्याक्ट प्राप्त गरे। सबै विजेताहरूले आत्मविश्वास, सञ्चार क्षमता र ब्रान्ड प्रतिनिधित्वमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
लोकप्रियता पुरस्कार अन्तर्गत सहभागिहरु मध्येबाट दिलीप नेपाली, जेनिया गुरुङ, रेचल शाही, रिया सुन्दास, समिर मगर, रेजिना के.सी. र इक्षा श्रेष्ठलाई प्रदान गरिएको हो। सातै जनाले जनही रु. १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे।
सम्पूर्ण प्रतियोगिता फेसन कोरियोग्राफर तथा मिडिया व्यक्तित्व रोजिन शाक्य द्वारा कोरियोग्राफी र मेन्टरशिप गरिएको थियो। उनको मार्गदर्शनमा सहभागीहरूले ¥याम्प प्रेजेन्स, आत्मविश्वास र व्यावसायिक व्यवहारमा उल्लेखनीय सुधार देखाएका थिए।
कार्यक्रमको निर्णायक मण्डलमा सुगारिका के.सी. (मिस नेपाल २००५ तथा मिडिया व्यक्तित्व), उषा रजक (मिसेस् नेपाल इन्टरनेशनल २०२१ तथा अभिनेत्री), फुपु तेन्जिङ शेर्पा (चेयरम्यान, आइआइएफटी ग्लोबल तथा शेर्पा ग्रुप), दिक्पाल कार्की (मोडल, अभिनेता तथा कोरियोग्राफर) र दाजान मुन (डाइरेक्टर, एसवाई बजार) रहेका थिए। निर्णायकहरूले व्यक्तित्व, सञ्चार क्षमता, आत्मविश्वास र ब्रान्ड उपयुक्तताको आधारमा मूल्यांकन गरेका थिए।
कार्यक्रमका प्रमुख प्रायोजकहरूमा एसवाई प्यानल नेपाल, एसवाई कस्मेटिक्स, एसवाई यूपीभीसी र एसवाई बजार रहेका थिए। निलम्सले आधिकारिक मेकअप पार्टनरको भूमिका निर्वाह गरेको थियो भने आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डिजाइन पार्टनरको रूपमा सहकार्य गरेको थियो।
एसवाई ब्रान्डलाई आत्मविश्वास, व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। एसवाई ग्रुप अफ कम्पनीज अन्तर्गत नेपालमा एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज र एसवाई यूपीभीसी जस्ता विभिन्न व्यवसाय सञ्चालनमा छन्। फेस अफ एसवाई – ब्रान्ड एम्बेसडर हन्ट जस्ता कार्यक्रममार्फत समूहले नेपाली युवापुस्ताको प्रतिभा उजागर गर्दै आफ्ना ब्रान्डहरूको पहिचान र अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
ALSO READ: नयाँ सोच र नयाँ शैली: ड्रेस टु इम्प्रेस सिजन १२ मा १०० भन्दा बढी युवा डिजाइनरको धमाकेदार प्रस्तुति
