
अभिनेत्री तथा मोडल Shilpa Maskey वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनले आफ्नो प्रेमी तथा ट्याटु कलाकार Flower KCसँग मुस्ताङ पुगेर विवाह गरेकी हुन्।
शिल्पाले विवाहका आकर्षक तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेपछि अहिले ती तस्वीरहरू चर्चामा छन्। हिमाल, जंगल र प्राकृतिक सौन्दर्यले भरिएको मुस्ताङको कोवाङमा उनीहरूको विवाह सम्पन्न भएको हो।
उनले आफूहरूले सधैं प्रकृतिको बीचमा विवाह गर्ने सपना देखेको र अन्ततः त्यो सपना पूरा भएको उल्लेख गरेकी छन्। विवाहपछि भावुक हुँदै उनले लेखेकी छन्—“कहिल्यै कल्पना गरेको एउटा सपना आज हाम्रो जीवनकै सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ।”
थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
शिल्पाका अनुसार मुस्ताङको वातावरण, हिमाल, शान्ति र परिवारको उपस्थितिले विवाहलाई अझ विशेष बनाएको थियो। उनले परिवार र साथीभाइप्रति आभार व्यक्त गर्दै प्रत्येक अँगालो, मुस्कान र आशीर्वादमा माया महसुस गरेको बताएकी छन्।
सार्वजनिक तस्वीरमा शिल्पा र फ्लावर निकै खुसी र रोमान्टिक देखिएका छन्। उनीहरूको डेस्टिनेशन वेडिङ अहिले सामाजिक सञ्जालमा चर्चा बनेको छ।
यो पनि पढ्नुहोस् : मिस नेपाल अस्मी श्रेष्ठको ग्ल्यामर, समुद्री किनारबाट सार्वजनिक तस्बिर
