राजनको मनले कसलाई देख्ला?(भिडियो)


Sorry-La
ग्ल्यामर नेपाल, काठमाडौं । निर्माणको झण्डै दुई वर्ष पछि फिल्म ‘सरी ल’को अफिसियल ट्रेलर र ‘बिजुली’ बोलको आइटम गीत सार्वजनिक भएको छ । कार्तिक २१ गतेबाट अल नेपाल प्रदर्शनमा आउने फिल्मका निर्देशक ऋषि लामिछाने हुन् ।

सुवास थापा, राजन खतिवडा र अनिता आचार्य अभिनित फिल्मको ट्रेलरमा एक युवती प्रति दुई युवकको प्रेमलाई देख्न सकिन्छ । ट्रेलरमा सुवास र अनिताको फेसबुक वार्ता तथा राजनले युवती पाउनलाई प्लाष्टिक सर्जरी गर्ने योजना बनाएको कुरा सुन्न र देख्न सकिन्छ । ‘सुन्दरता जहिल्यै पनि आँखाको काबु भन्दा बाहिर हुन्छ, सुन्दरता हेरिँदैन देखिनुपर्छ र यो देख्नलाई एउटै कुरा चाहिन्छ मन, जुन म आज कसैलाई देख्दिन ।’ ट्रेलरमा राजनको स्वरांकन यस्तो छ ।

द ब्ल्याक रोज फिल्मस् प्रोडक्सनको व्यानरमा कृष्णबहादुर महर्जनले निर्माण गरेको फिल्ममा मार्टिन खान, अञ्जु केसी र बालकलाकारका रुपमा रोशनले अभिनय गरेका छन् । अञ्जु केसीको कथा रहेको फिल्ममा बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत, बब्बु थापाको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, रविन्द्र खड्काको सम्पादन र रामशरण उप्रेतीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉