
निर्देशक सुदर्शन थापाको नयाँ चलचित्र ‘शुभ विवाह’को औपचारिक छायांकन पोखराबाट सुरु भएको छ। क्यामेरा पूजाअर्चना गर्दै निर्माण टोलीले आइतबारदेखि पर्यटकीय नगरी पोखरामा फिल्मको सुटिङ थालेको हो।
निर्देशक थापाका अनुसार फिल्मका लागि ४५ दिनको छायांकन तालिका तय गरिएको छ। सोही सेड्युलअनुसार कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेको छ र पहिलो चरणको काम सुरु गरिएको छ।
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको ‘शुभ विवाह’मा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। निर्देशक सुदर्शन थापा र प्रदीप खड्काले यसअघि सुपरहिट फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। लामो समयपछि हुन लागेको उनीहरूको पुनः सहकार्यलाई लिएर सिने क्षेत्रमा चासो बढेको छ।
फिल्ममा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।

सुप्रिया कटुवाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। रोमान्टिक कथावस्तुमा आधारित फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत र राजेश श्रेष्ठको छायांकन रहनेछ। मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङ गर्नेछन्। विक्रम स्वार नृत्य निर्देशकका रूपमा जोडिएका छन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
बसन्त अधिकारी प्रमुख सह-निर्देशक रहेका छन् भने साजन कट्टेल र प्रार्थना पाठक पनि सह-निर्देशकका रूपमा टिममा छन्। मनोज लामाले ध्वनि, रोशन दिवानाले कला निर्देशन र सुदीप ढकालले प्रोडक्सन व्यवस्थापन सम्हाल्नेछन्।
त्यस्तै, शृङ्गारको जिम्मेवारी सरोज पाण्डे र हेयर डिजाइनको जिम्मेवारी सरस्वती श्रेष्ठले पाएका छन्। फिल्मको ‘बिहाइन्ड द सिन्स’ निरज पन्थीले सम्हाल्नेछन्।
पोशाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी)ले तयार पार्नेछन्। पब्लिसिटी डिजाइन आनन्द महर्जन, कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन्। फिल्मको डेकोर पार्टनर गरिमा फ्लोरिस्ट रहेको छ।
विराज ढुङ्गाना कानुनी सल्लाहकार र भेष ढकाल लेखापरीक्षक रहेको फिल्मको एजेन्सी प्रसुन तिमिल्सिना (कार्यालय) हो। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरण भिष्म फिल्मस् र श्री राम बालाजीले गर्नेछन्।

