ग्ल्यामर नेपाल, काठमाडौं । कामना मासिक र सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागिएको सिजी कामना फिल्म अवार्ड्सको ट्रफिको नमूना सार्वजनिक गरेको छ। गोलाकार पृष्ठभूमिमा नमस्ते गरिरहेको आकर्षक आकृतियुक्त यो ट्रफिले कामना न्यूज पब्लिकेसन्स्को लोगोसमेत समावेश गरी अवार्डको प्रतिबिम्ब झल्काएको छ।
लामो समयदेखि कला क्षेत्रकै कलाकर्मी तथा चलचित्रकर्मीहरुले निष्पक्षरुपमा अन्तर्राष्ट्रियस्तरको फिल्मी अवार्ड गर्न दिंदै आएको सुझावलाई मनन गर्दै कामनाले २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मलाई सामेल गरी यसै वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्न लागेको हो। समग्र नेपाली फिल्म उद्योगका कलाकर्मी एवं प्राविधीक र यससाग सम्बन्धित संघ संस्थाको सक्रिय सहभागीताले यो अवार्ड नेपाली फिल्म क्षेत्रको कोशेढुंगा सावित हुने विश्वास कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको छ।
नेपाली फिल्म जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा फिल्मकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सीजी कामना फिल्म अवार्ड्स २९७१ साग नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले अवार्ड अझै स्तरीय हुने अपेक्षा प्रधान सम्पादक श्रेष्ठले गरे।
सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति एवं साहित्यकार वसन्त चौधरीले कामना फिल्म अवार्ड्ससँग जोडिनु आफ्नो र आफ्नो कम्पनीका लागि गौरवसागै सुखद पक्ष रहेको बताए।
सीजी कामना फिल्म अवार्ड्स २०७१ लाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ। कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा एकजना कलाधाकलाई १ लाख रुपियाँ नगदसहित लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ।