आर्यनको रिसाहा रुप(भिडियो)


Aryan-Sigdelग्ल्यामर नेपाल, काठमाडौं । लभर ब्वाईका रुपमा दर्शकमाझ छाउँदै आएका अभिनेता आर्यन सिग्देल पछिल्ला फिल्ममा भने एक्सन नायकका रुपमा आफुलाई प्रस्तुत गर्दैछन् । आगामी पौष २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘अलविदा’मा यी चकलेटी अभिनेतालाई निकै रिसाहा भूमिकाको एक्सनमा देखिने भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा आर्यनलाई द्वन्द्वका दृश्यमा देख्न सकिन्छ ।

एचआरके प्रोडक्सनको व्यानरमा हसनराज खानले निर्माण गरेको फिल्मको ट्रेलरमा हसनलाई चाहिँ लभर ब्वाईका रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा आर्यन र हसनबाहेक अनिता आचार्य, नागेन्द्र रिजाललगायतको अभिनय रहेको छ । लक्ष्मण रिजालले निर्देशन गरेको फिल्ममा आयुष्मा श्रेष्ठसमेत निर्माता छिन् भने कार्यकारी निर्माताका रुपमा केशव घिमिरे रहेका छन् ।

लक्ष्मण र विशाल सापकोटाको पटकथा तथा संवाद रहेको फिल्ममा विपिन मल्लको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, ताराप्रकाश लिम्बुको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉