टुल्केको ग्रान्ड ओपनिङ, शनिबार ९० प्रतिशत अकुपेन्सी


Actress-Reecha-Sharma-Talakjung-VS-Tulkeग्ल्यामर नेपाल, काठमाडौं ।
बहुप्रतिक्षित फिल्म ‘टलकजंग भर्सेज टुल्के’ले आशा गरिए अनुरुप नै ग्रान्ड ओपनिङ कलेक्सन गरेको छ। प्रदर्शनको पहिलो दिन शुक्रबार ७५ प्रतिशत अकुपेन्सी रहेको फिल्मको आज शनिबार बढेर ९० प्रतिशत पुगेको निर्देशक निश्चल बस्नेतले जानकारी दिएका छन्। यो फिल्म सिंगल र मल्टिप्लेक्ससहित राजधानीका १९ हलमा प्रदर्शन भइरहेको छ।

फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय असाध्यै रुचाइएको छ। खासगरी मुख्य अभिनेता खगेन्द्र लामिछानेले दर्शकको मन जितिरहेका छन्। त्यसैले माउथ पब्लिसिटीको कारण फिल्मको व्यापार अझ बढ्ने देखिएको छ। प्लस टु पुस्तासहित बौद्धिक वर्ग पनि फिल्म हेर्न हलसम्म पुगेका छन्। ब्लकबस्टर फिल्म ‘लुट’का निर्देशक निश्चलको दोस्रो प्रोजेक्ट भएकाले पनि सबैको ध्यान तानिएको हो। फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, सुशांक मैनाली, ऋचा शर्मा, सुदाम सिके, रविन्द्रसिंह बाँनियालगाएतका कलाकारको अभिनय रहेको छ। राजधानीबाहिरका दर्शकले यो फिल्म आउँदो शुक्रबारबाट हेर्न पाउनेछन्।

SUBSCRIBE 👉