ग्ल्यामर नेपाल, काठमाडौ ।
फिल्मकर्मी मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म जन्मभुमीको पहिलो अनुहार सार्वजनिक भएको छ । अनुहारमा निस्मा घिमिरे, अनु शाह, विनोद श्रेष्ठ, जेबिका कार्की, बाल कलाकार सौगात बिस्ट, नवकलाकार अग्रिम गिरी तथा निर्देशक मोहन निरौला देख्न सकिन्छ । आन्दोलित भीडमा महिलाले हलो जोतेको दृश्य पनि देखाइएको छ ।
सामाजिक कथामा केन्द्रित फिल्ममा राष्ट्रप्रेमको कथा बुनिएको छ । निर्देशक निरौलाले फिल्ममा मौलिक नेपाली जनजीवनको कथा समेटिएको बताए । फिल्ममा अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको समेत अभिनय रहेको छ ।
फिल्ममा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व फिल्ममा रहेको छ । फिल्मका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।
अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर फिल्म रिलिज हुनेछ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा फिल्मको प्रशस्त लेखन तथा अभिनय गरेका निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि जन्मभुमी’ नामक फिल्म निर्देशन गरेका थिए ।