ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘फिटकिरी’ डेब्यु निर्देशक रगंकर्मी अनुप बरालले दोस्रो फिल्म निर्देशन गर्ने भएका छन्। तर फिल्म को नाम भने तय भईसकेको छैन। उनले निर्देशन गर्ने अनटाइटल फिल्मका लागि कलाकारको माग गर्दै अडिसनका लागि आव्हान गरिएको छ।
फिल्म ‘ऋतु’ का निर्देशक मनोज अधिकारी र सविन ज्ञवालीले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मका लागि काठमाडौं, धरान र भोजपुरमा अडिसन गरेर नयाँ अनुहार छनौंट गरिने भएको छ। ‘फिल्मका लागि ११ वर्ष देखी ५५ वर्षसम्मका कलाकारले अडिसनको आवेदन दिन सक्नेछन्,’निर्देशक बरालले भने,‘नयाँ कलाकारहरु लिदा उनीहरुको ‘क्यारेक्टर एसेप्टेन्स’ धेरै हुन्छ।’
बरालका अनुसार फिल्म सामाजिक र राजनीतिक कथावस्तुमा आधारित हुनेछ। गाउँले परिवेश प्रस्तुत गरिने फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको उनले जनाए। फिल्मको कथा राजन कठेतले लेखेका हुन्। उक्त कथा ‘न्यू नेपाली सिनेमा’ले गरेको स्क्रिप्ट प्रतियोगितामा प्रथम भएको थियो।
