तीन वर्ष पछि संयम–सुनिलसँगै


Sunil-Samyamग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘सायद’बाट नायक र चरित्र अभिनेताका रुपमा डेब्यु गरेका संयम पुरी र सुनिल रावल तीन वर्षपछि फिल्म ‘आभाष’मा सँगै देखिदैछन् । दुगिर्स फिल्मसको ब्यानरमा सुरज सुब्बा (नाल्बो) ले निर्देशन गरेको ‘सायद’मा सुनिल र संयम दाजुभाईको भूमिकामा थिए । जुन भूमिकालाई दर्शकले अत्यन्त रुचाएका थिए । ‘आभाष’ आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ ।

सुनिल र संयम दुवैले एकअर्काको तारिफ गर्दै सँगै काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘सुनिल दाई आफ्नै दार्ई जस्तो लाग्छ, उहाँको सहयोगी भावना र सल्लाह सुझावले मलाई अभिनयमा पनि सजिलो भएको छ,’संयम भन्छन्,‘मेरो फिल्मी करियरलाई यहाँसम्म पु¥याउन उहाँको पनि सहयोग र साथ छ ।’

सुनिलले पनि संयमको अभिनयबाट आफु प्रभावित भएको बताएका छन् । ‘संयम नेपाली फिल्म क्षेत्रका लागि आशा लाग्दो कलाकार हो, उसको काम गर्ने शैलीमा सुपरस्टार हुने छनक देखेको छु,’सुनिलको दाबी छ,‘संयमको अभिनय मनछुने किसिमको हुन्छ ।’ सुनिलले ‘आभाष’मा आफुहरुको भूमिका थाहा पाउन फिल्म नै हेर्नुपर्ने जनाए । ‘सायद’ र ‘होस्टल’ जस्ता सुपरहिट फिल्म बनाएका सुनिल हाल अर्को फिल्म ‘होस्टल रिटन्र्स’को पोष्ट प्रोडक्सनमा व्यस्त छन् । उनका अनुसार आगामी केही फिल्ममा उनले संयमलाई लिने योजना बनाईसकेका छन् ।

सुनिलकै फिल्म ‘होस्टल’बाट नायकका रुपमा डेब्यु गरेका सलोन बस्नेत र नायिकाका रुपमा डेब्यु गरेकी प्रकृति श्रेष्ठले पनि ‘आभाष’मा अभिनय गरेका छन् । उनीहरु दुवैको अभिनय प्रशंसयोग्य रहेको सुनिलको बुझाई छ । चर्चित सम्पादक सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘आभाष’ क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माण गरेका हुन् । आष्मा डिसी, निशा अधिकारी, गोविन्द शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मको कथा सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा लेखेका हुन् ।

SUBSCRIBE 👉