किन बज्यो शिल्पाको मनको घन्टी ?


काठमाडौं । जवानी चढेको बेला मनमा घन्टी बज्नु स्वभाविक नै हो। हिरोइन शिल्पा पोखरेल पनि मनमा घन्टी बजेपछि दंग छिन्। शिल्पाको मनको घन्टीको बज्नुको कारण हुन्, सविन श्रेष्ठ। फिल्म ‘हवल्दार सुन्तली’को एक गीतमा फुरुङ पर्दै शिल्पाले मनको बह पोखेकी छिन्। गीतमा भनिएजस्तो वास्तविक जीवनमा शिल्पा १९ र सविन २१ वर्ष नभएपनि गीत निकै रोमान्टिक लाग्छ। कविराज गहतराजले शिल्पा र सविनको जोडीलाई नचाएका हुन्।

shilpa pokhrel sabin shrestha

shilpa pokhrel sabin shrestha

टंक बुढाथोकी र मिलन अमात्यले आवाज भनेको गीतको शब्द दिनेश सुवेदीले कोरेका हुन्। संगीत भने टंककै रहेको छ। ऋषि लामिछाने निर्देशित यो फिल्मलाई नारी प्रधान भनिएको छ। छविराज ओझाको निर्माण र शिल्पाको दोस्रो प्रोजेक्ट भएकाले फिल्मलाई प्रतिक्षित मानिएको छ। पर्दामा शिल्पालाई एक्सन अवतारमा देख्न सकिन्छ। शिल्पा र सविनसँगै किशोर खतिवडा पनि फिल्मका मुख्य कलाकार हुन्। ‘हवल्दार सुन्तली’को रिलिज मिति २७ चैत्र तोकिएको छ।

SUBSCRIBE 👉