छाँयाकार पुरुषोत्तमलाई पत्नी शोक


Purushottam Pradhanकाठमाडौं । विवाह गरेको वर्ष दिन बित्न नपाउँदै नेपाली फिल्मका चर्चित छाँयाकार पुरुषोत्तम प्रधानलाई पत्नी शोक परेको छ । उनकी अनुको गए राती निधन भएको हो । उनीहरुको विवाह गत वैशाख २६ मा भएको थियो ।

२४ दिन अघि मात्र पुत्रीलाई जन्म दिएकी अनुको निधन भएपछि उनको परिवार ठूलो शोकमा परेको छ । अनुको शुक्रबार बिहान पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । पुरुषोत्तम र अनुको लामो समयको प्रेमपछि विवाह भएको थियो । उनको निधन के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

SUBSCRIBE 👉