काठमाडौं । ‘मिस नेपाल कल्चर–२०१५’ का प्रतियोगीले राजधानीमा आ–आफ्नो कला देखाएका छन् । विभिन्न जातजाति तथा समुदायका युवतीबीच सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा सहभागीले युवतीले ‘ट्यालेन्ट राउन्ड’अन्र्तगत प्रतिभा देखाएका हुन् । युहान इन्टरनेशनल इभेन्ट्स प्रालिले पहिलोपटक आयोजना गर्न गइरहेको प्रतियोगितामा १९ सुन्दरी प्रतिष्पर्धारत छन् ।
राजधानीमा बिहीबार आयोजित ‘ट्यालेन्ट राउन्ड’ मा सहभागी युवतीले नृत्य, गायन, अभिनय, आर्टलगायतका कला देखाएका थिए । प्रतियोगितामा शर्मिला नेपाल, ज्ञाता न्यौपाने, बोन्नी दाहाल, अपेक्षा ढुंगाना, छायाँ कठ्यात, नमिता लिम्बू, सुप्रिया शाह, सिर्जना राई, दीप्ति पौडेल, मीना तामाङ, यश्मीन राई, सनम घिमिरे, पुनम क्षेत्री, कल्याणी सुवाल, प्रतीक्षा श्रेष्ठ र प्रतिभा दबाडी अन्तिम स्पर्धा गर्दैछन् ।
‘ट्यालेन्ट राउन्ड’ मा अभिनेता तथा मोडल हसन खान, नृत्यांगना भिन्तुना जोशी, गायिका सीमा सिटौला, फ्ल्याई टेकमा प्रबन्ध निर्देशक नाजिर हुसैन, सञ्चारकर्मी तथा मोडल अनिता श्रेष्ठलगायतका निर्णायक मन्डल रहेका थिए ।
‘विविधतामा एकता’ नारा दिइएको ‘मिस नेपाल कल्चर’ मा नेपालको विविध जातजाती तथा समुदायका युवती सहभागी छन् । आयोजक संस्थाका निर्देशक सानु खानका अनुसार कला, संस्कृति तथा संस्कार प्रवद्र्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रमको अन्तिम स्पर्धा १६ चैतमा कमलादीस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।