काठमाडौं । सञ्चारकर्मी सुव्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्म ‘अधकट्टी’ को अडियो राजधानीमा सोमबार साँझ नेपाली फिल्म क्षेत्रका नौं सुन्दरी नायिकाले सार्वजनिक गरेका छन् । पुराना पुस्ताकी अभिनेत्री करिश्मा मानन्धर देखि पछिल्ला पुस्ताका झरना थापा, दिपाश्री निरौला, हर्षिका श्रेष्ठ, नम्रता श्रेष्ठ, निता ढुंगाना, ऋचा शर्मा, प्रियंका कार्की र शिल्पा पोखरेलले अडियो सार्वजनिक गरे ।
आउँदो जेठ ९ गते देखि अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘अधकट्टी’ मा पाँच गीत समावेश छन् जहाँ बसन्त सापकोटा (अतिथि) र राजन इशानले संगीत दिएका छन् । कार्यक्रमलाई सांगीतिक बनाउन फिल्मका कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदीप बास्तोला, नम्रता श्रेष्ठ र विल्सन विक्रम राईले फिल्मका गीतमा नाँचेका थिए । फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदयले फिल्मका गीतहरु श्रोतामाझ हिट भईसकेको बताईरहँदा निर्देशक आचार्यले फिल्म सुपरहिट बन्नेमा विश्वास व्यक्त गरे ।
सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । फिल्मको अफिसियल अनलाइन मिडिया पार्टनरका रुपमा ग्ल्यामर नेपाल रहेको छ ।
होम » फिल्मी न्युज / गसिप » सुन्दरी नायिकाहरुले सार्वजनिक गरे ‘अधकट्टी’ अडियो
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा
फिल्म ‘राम नाम सत्य’को एक्सन, प्रेम र सस्पेन्सले भरिएको ट्रेलर सार्वजनिक भएको छ। विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीको अभिनयले भरिएको ट्रेलरले दर्शकमा...
इरानी फिल्मबाट सुरु भयो नवौँ निफ, ४० देशका ८८ फिल्म प्रदर्शन हुँदै
काठमाडौंमा नवौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ। इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्महरू...
दिव्या सुशीलको जोडी रहेको फिल्म ‘राम नाम सत्य’ नयाँ बर्षमा सोलो रिलिज हुँदै
नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। एक्सन, प्रेम र सस्पेन्स मिसिएको फिल्ममा दिव्या रायमाझीको फरक भूमिका विशेष...
‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री
नेपाली फिल्म ‘पाँच पाण्डव’ यतिबेला झापामा धमाधम छायांकन भइरहेको छ। हरिवंश आचार्यदेखि सागर लम्सालसम्मको बलियो कलाकार टोली रहेको फिल्ममा प्रशान्त ताम्राकार र इभा...
नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति
नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। छायाँकनमा जानु अगाबै फिल्म निर्माण युनिटले फिल्म...
पल शाहको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’, निर्देशनमा ओम प्रतिक
पल शाह निर्माता बनेको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’ जेठ १ बाट छायांकनमा जाँदैछ। फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।
‘बेहुली’मार्फत पहिलो पटक चलचित्र निर्माणमा सङ्गीतकार अर्जुन पोखरेल
नयाँ नेपाली फिल्म ‘बेहुली’को कार्यविनायक मन्दिरमा शुभ मुहूर्त सम्पन्न भएको छ। अर्जुन पोखरेलको निर्माणमा बन्ने फिल्म आगामी वर्षको तीजमा रिलिज हुने तयारीमा छ।
१४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा अञ्जिला र द मंकी सर्वोत्कृष्ट
१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलमा चलचित्र ‘परान’बाट नीर शाह र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित, ‘अञ्जिला’ सहित...
पोखरामा ‘कुमारी’को भव्य लाइभ कन्सर्ट, हजारौ दर्शकहरुले भरियो हल्लनचोक
माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को प्रचारका लागि पोखरामा आयोजित लाइभ म्युजिकल कन्सर्टमा करिब ७ हजार दर्शकको उपस्थितिले कार्यक्रम...
रघुजी फिल्म्सको ब्यानरमा दुई चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण घोषणा
रघुजी फिल्म्सको ब्यानरमा नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘द चेन्ज’ (परिबर्तन) र ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
'बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' मा गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीको लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) र निर्देशक केपी पाठकको बृत्तचित्र...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणकालागि फिल्म दर्ता खुल्ला
सेलिब्रेटी नेपालको आयोजनामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म...
