थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मुलका युबाहरुको समुह ‘थाइ बेस्ड म्यानमार बर्न गोरखा युथ एसोसिएसन’ ले गोरखाको खोप्ला गाबिस र सिन्धुपाल्चोकको बाह्रबिसेमा राहत बितरण गरेका छन्। मोडल निर्जन थापा र म्यानमारमा जन्मियर नेपाल बसोबास गरिरहेका रबिन गौतम र यादब गौतमको संयोजकत्वमा टोलीले राहत वितरण गरेको हो। मोडल निर्जन थापा ‘म्यान हन्ट ईन्टरनेसनल २०११’ का विजेता हुन्। उनले भने -“अन्य थप राहत सामग्री लियर नेपालका अन्य भुकम्प पिडित गाउँहरुमा जाँदै छौ।”
‘थाइ बेस्ड म्यानमार बर्न गोरखा युथ एसोसिएसन’ को ‘हिलिङ फर नेपाल’ राहत अभियानले करिब १५ लाख बराबरको जिन्सी तथा नगद बितरण गरेका छन्। बुधबार गोरखा र शुक्रबार सिन्धुपाल्चोक पुगेको टोलीले जस्तापाता, लत्ता-कपडा, म्याट्रेस लगायतका सामान र बृद्धबृद्धा तथा महिलाहरुलाई नगद सहयोग गरेको छ।
राहत वितरणका तस्विरहरु हेर्नुहोस्