‘टिष्टापारीको साईनो’ मा भुकम्प अघिको बारपाक र लाप्राकको सौन्दर्य – फोटो फिचर

बैशाख १२ गते गएको विनाशकारी महाभुकम्प, जसको केन्द्रबिन्दु गोरखाको बारपाक थियो। भुकम्प जानुभन्दा केही दिनअघि मात्रै सोहि स्थानमा चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन भएको थियो। चलचित्रमा बारपाकका स्थानीय बासिन्दाहरुले समेत अभिनय गरेका थिए।


बैशाख १२ गते गएको विनाशकारी महाभुकम्प, जसको केन्द्रबिन्दु गोरखाको बारपाक थियो। भुकम्प जानुभन्दा केही दिनअघि मात्रै सोहि स्थानमा चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन भएको थियो। चलचित्रमा बारपाकका स्थानीय बासिन्दाहरुले समेत अभिनय गरेका थिए। महाभुकम्पले ध्वस्त पारेको बारपाक नजिकैको गाउँ लाप्राकमा पनि चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन गरिएको थियो। हाल सम्पादन कक्षमा रहेको चलचित्र ‘टिष्टापारीको साईनो’लाई गुरुङ् चलचित्रहरुको निर्देशनमा ख्याति कमाएका खिलबहादुर गुरुङ्ले निर्देशन गरेका हुन्। गुरुङ् नै चलचित्रमा मुख्य भुमिका अर्थात् नायक को रुपमा समेत देखा परेका छन्।
Movies Shooting at Barpak and Laprak Village‘भुकम्पपछि म राहत कार्यक्रम लिएर बारपाक र लाप्राक पुगेको थिएँ। त्यस्तो प्राकृतिक सौन्दर्यको खानी बारपाक र लाप्राकको अहिलेको अवस्था देख्दा मेरो आँखा रसायो।’-निर्देशक तथा नायक खिलबहादुर गुरुङ् बताउँछन्।

सम्पुर्ण सिक्किमेली गुरुङ समूदायबाट निर्माण गरिएको विशुद्ध सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘टिष्टापारीको साईनो’को छायांकन बारपाक र लाप्राकबाहेक सिक्किमका विभिन्न स्थानमा गरिएको छ। नेपाल र सिक्किमबीचको भाषिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई देखाउन खोजिएको चलचित्र ‘टिष्टापारीको साईनो’मा सिक्किमका संस्कृति, धरोहर तथा सडक मन्त्री जिएम गुरुङ् पनि बिशेष भुमिकामा देखिएका छन्। चलचित्रमा युनिता गुरुङ्, अमिर गुरुङ्, टिकाराम घले, गजेन्द्र गुरुङ्, सीता गुरुङ्, ओमन गुरुङ्, रात्र गुरुङ, सरोज गुरुङ, बाइके मेघी, बिशेष गुरुङ तथा बालकलाकार साधना गुरुङको कलाकार छन्।

फोटोहरु हेर्नुहोस्

SUBSCRIBE 👉