‘झकास झापाली…’ माला लिम्वुको कामुक डान्स – भिडियो


‘वान वे’ बाट डेब्यु भएकी हट हिरोइन हुन्, माला लिम्बु। सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यस फिल्मबाट उनले आफूलाई सम्भावना बोकेकी हिरोइनको रुपमा दराइन्। त्यसपछि उनका कुनै फिल्म त रिलिज भएका छैनन्, तर म्युजिक भिडियोमा भने व्यस्त छिन्। यही मेसोमा नृत्यगांनासमेत रहेकी मालाले फिल्म ‘रातो घर’का लागि गरेको आइटम नम्बर रिलिज भएको छ। ‘झकास झापाली…’ बोलको उक्त गीतमा मालाले कामुक नृत्य पस्केकी छन्। ‘रातो घर’लाई पनि सुरज सुब्बाले नै निर्देशन गरेका हुन्।

Mala Limbu‘झकास झापाली…’मा शशि रावलको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत महेश खड्काको हो। कोरियोग्राफर कविराज गहतराजले मालाको कम्मर मर्काएकी हुन्। एउटै सेटमा खिचिएको भए पनि भिडियो आकर्षक छ। फिल्ममा विल्सन विक्रम राई, संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुवर लगाएतका कलाकारको अभिनय रहेको छ। दिपावली पछि अमेरिकामा रिलिज गर्ने भनिएको फिल्मको नेपालमा कहिले रिलिज हुने टुङ्गो लागिसकेको छैन।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉