धुर्मुसु सुन्तलीले महोत्तरी बर्दिबासका ५५ परिवारलाई सिरक, डस्ना बितरण गरेका छन्। मुसहर बस्तीको विकरालअवस्था देखेपछि उनीहरुले तत्कालकालागि प्रति परिवार दुई-दुई वटा सिरक र डस्ना वितरण गरेका हुन्। जाडो-याम शितलहरले मुसहरहरुलाई सताउने भएकाले न्यानोका लागि सिरक डस्ना वितरण गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ। यस्तै, प्रत्येक परिवारलाई एक बोरा चामल र दालपनिउपलब्ध गराइएको छ। नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो (NCC) र युनाइटेड (FNA-FANS) फ्लोरिडाको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले साढे ५ लाख बराबरको राहात प्याकेज मुसहर बस्तीमा वितरण गरेको हो।
मुसहर बस्तीकै सबैभन्दा बढी अध्ययन गरीरहेका मन्जे सदालाई धुर्मुस सुन्तली फाउण्डेशनले प्रोत्साहन स्वरुप ५ हजार रुपैाया नगद पनि प्रदान गरेको छ।
मुसहर समुदायको जीवनस्तर उकास्नकालागिऔपचारीक शिक्षा संगै व्यापक जन-चेतनाको खााचो रहेको सिताराम कट्टेलको भनाई छ। गरीब र पिछडीएका समुदायको उत्थानगर्न सके देश आफै विकसीत बन्दै जानेमा उनको विश्वास छ।
यसको साथै तराईका मुसहर बस्तीको पिडामा मल्हमलगाउन सके मधेश र पहाडबीचको तिक्तता कम हुनेमा पनि धुर्मुस विश्वस्त छन्। आफुहरु मधेस र पहाडबीचको पुल बन्न चाहेको पनि उनले स्पष्ट पारेका छन्।
मुसहर बस्तीमा उक्त सहयोग सामग्री वितरण गर्दै कुञ्जना घिमीरेले आधारभुत आवश्यकताको नै अभाव रहेको प्रति दुख व्यक्त गरेकी छिन्। सरसफाई, बालविवाह, अशिक्षा लगायत विविध समस्याले व्याप्त मुसहर बस्तीको मुहार फेर्न सकेमा आफ्नो मनले पनि शान्ति पाउने उनको भनाई छ। बस्तीको मुहार फेर्ने काम एक व्यक्तिको मात्र आाटले सम्भव नरहेको भन्दै उनले सबैको साथ, सहयोग र समर्थनकालागिअपील गरेकी छिन्। सहयोगीहातहरुको साथ पाएमा मुसहर बस्तीलाई नमुना बस्ती बनाउने आफुहरुको योजना रहेको उनले बताएकी छिन्।
