फेसबुकमा प्रियकालाई मात्र फोहोरी कमेन्ट किन ?


फेसबुक जथाभावी कमेन्ट आउन थालेपछि यतिबेला प्रियका कार्की तनाबमा छिन् । उनलाई फेसबुकमा अपशब्द लेख्दै कमेन्ट गर्नेहरुलाई उनले स्टाटस लेख्दै दुखेसो समेत पोखेकी छन् ।News

उनले लेखेकी छन् नयाँ फोटो हाल्दा नयाँ केही लेख्दा मलाई यति धेरै गाली किन गर्नु हुन्छ ? देशको कलाकारको सम्मान देशबाटै शुरु हुने भन्दै आफ्नो पेशाप्रति सम्मान राख्न सबैलाई आग्रह समेत गरेकी छिन् ।

पछिल्लो समय सामाजिक संजालमा सबैभन्दा धेरै गाली पाउने नायीकामा पार्छिन उनि । यसमा धेरैको भनाई उनका पोष्ट त्यही प्रकारको हुनाले उनलाई नराम्रो कमेन्ट आउने गरेको भन्ने पनि छ ।

नत्र गरिमा पन्त, दीपाश्री निरौला, केकी अधिकारी, सरिता लामिछानेहरुलाई पनि सामाजिक संजालमा नराम्रो कमेन्ट आउनु पर्ने हो । नेपाली कलाकारिता क्षेत्रकै अग्रजहरु गौरी मल्ल, बसुन्धरा भुषालहरुलाई पनि त सबैले सम्मान गरेकै छन् । किन यस्ता गालीको निशानामा प्रियंका कार्कीहरु मात्रै पर्छन् ?hioj

कहीले निकै खुलेको तस्बिर त कहिले ‘डाइनिङ टेबलको सेक्स निकै आनन्ददायक हुन्छ’ यस्तै खालका अभिव्यक्तिका कारण पनि उनलाई हेर्ने तरिकै फरक छ आम मानिसको । कलाकारिता क्षेत्र समाजका लागी पथप्रदर्शक हो यो कुरा उनले बुझ्न जरुरी छ । परिवर्तनका आधारशिला हुन कलाकार, मनोरञ्जनको साधन मात्र ।

त्यसैले यदि प्रियकालाई साचिकै प्रतिष्ठा र सम्मान चाहिएको हो भने उनले आफुमा पनि केही परिवर्तन ल्याउन जरुरी छ !

SUBSCRIBE 👉