पुष्पराज न्यौपानेले निर्देशन गर्ने चलचित्र ‘सायद २’ को बिहिबार कमलादीस्थित गणेश मन्दिरमा शुभ साइत गरिएको छ । दुर्गिश ब्यानरको चौथो प्रस्तुतीमा बन्ने ‘सायद २’ मा सुशिल श्रेष्ठ, कुशल पाण्डे, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, निशा कार्की र रुविना श्रेष्ठले मुख्य भूमिकामा अभिनय गर्दैछन् ।
राजुविक्रम थापाको छायाँकन रहने चलचित्रमा सुगम पोखरेल र कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ भने नृत्य निर्देशन गोविन्द राईले भने चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहनेछ । चलचित्रको छायाँकन बैशाख २० गतेदेखि सुरु यो चलचित्रलाई पोखरा र काठमाण्डौंमा छायाँकन गरिने छ ।