पाइरेशीले पछिल्लो समय चलचित्र बजारलाई नराम्रोसँग थला पारेको छ । चलचित्र निर्माण र प्रदर्शनमा आएका अत्याधुनिक प्रबिधीसँगै चलचित्रको पाईरेशी पनि बढ्न थालेको छ । केही समय पहिले प्रदर्शनमा आएका,प्रदर्शनरत देखि, प्रदर्शनमा आउँन बाँकीसम्मका चलचित्र अहिले पाइरेशीमा पाउन थालिएको छ । यस्तैमा केही समय पहिले प्रदर्शनमा आएको होष्टल रिटन्र्स, वडा नं ६ ,झोला, परदेशी , हल्वदार सुन्तली ,भैरव,बिन्दाश ३, प्रेम गीत र कबड्डी कबड्डीलगायत चलचित्र पाइरेशीमा पाइएको छ ।
निर्माण कम्पन्नी र चलचित्रको डिजिटल जिम्मा लिएका कम्पनीलाई सिधै चुनौती दिदै चलचित्रको पाइरेसी गरिएको हो । देशको पश्चिमी भेगमा भन्दा पनि पुर्वी भेगमा नयाँ नयाँ चलचित्रको पाइरेशी गरेर बिक्रीबितरण गर्ने गरिएको पाइएको छ । पाइरेशी गरिएको चलचित्रको प्रतिकपी देखि कलेक्सनसम्म बजारमा खुल्लेयाम बिक्रि बितरण हुने गरेका छन् । हुन त चलचित्रको पाइरेशीका रोकथामका नाममा बेलाबेखतमाबिभिन्न अनुगमन पनि हुने गरेका छन् ।
नेपाल सरकार ,चलचित्र बिकाश बोर्ड तथा चलचित्र निर्माता संघको सक्रियतामा बिभिन्न समयमा अनुगमन तथा पाइरेशी रोकथाम कार्यक्रम पनि हुने गरेका छन् ।
तर यस्ता कार्यक्रम पाइरेशी रोकथामका लागी प्रयाप्त हुन सकेका छैन । किन भने पाइरेशीको इशु दिन प्रतिदिन बिकराल बन्दै गइरहेको छ । एक त ब्यवसाहिक रुपमा धरासाही बनेको चलचित्र क्षेत्रलाई पारेशीले झन्थला पार्ने काम गरेको छ । यसले चलचित्र निर्माण कम्पनी मात्र होइन डिजिटल बितरण जिम्मा लिएका कम्पनी सबैलाई पछि धकेल्ने काम त गरेको छ नै ।
चलचित्रका गरेको लागानी लगानी सुरक्षित नहुने अवस्था समेत बन्न थालेको छ । यस बिषयमा चलचित्रकर्मी, निर्माता संघ, बिकाश बोर्डलगायत चलचित्र सम्बन्धी काम गर्ने सबै पक्षको ध्यान जानु जरुरी देखिन्छ । यस बिषयमा बेलैमा बिषेश पहल चाल्न सकिएन भने चलचित्र क्षेत्र नराम्रोसँग थला पर्ने निश्चित छ ।