‘छक्का पन्जा’ ट्रेलर रिलिज । हेर्नुस् मज्जाले हाँस्नुस्


चलचित्र ‘ वडा नम्बर ६” को अपार सफलतापछि सोहि चलचित्र निर्माण युनिटले निर्माण गरेको चलचित्र “छक्का पन्जा” को ट्रेलर रिलिज गरिएको छ। चलचित्र निर्माण युनिटले राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरेको हो।चर्चित हाँस्य कलाकार दिपा श्रि निरौलाको निर्देशनमा बनेको यो पहिलो चलचित्र हो।

deepak-raj-giri-chhakka-panja

करिब २ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा कमेडी डाईलगहरुको बर्चस्व छ। चलचित्रले बेरोजगारीको पीडामा रहेका गाउँले युवाको कथा बोल्छ। यो चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा लगायत चलचित्रका अन्य कलाकारहरुले लगानी गरेका छन्।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुस्

कमेडी जनरामा निर्माण भएको यो चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौड्याल, बर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय छ। यो चलचित्र भदौ २४ गतेबाट अल नेपाल रिलिज हुँदै छ।

SUBSCRIBE 👉