फिल्म प्रमोसनका लागी तिज कार्यक्रम – देखिएनन् नायक / नायिका


चलचित्र ‘वृन्दावन’ निर्माणपक्षले ‘तीज विशेष कार्यक्रम’को आयोजना गरेको छ। राजधानीको राष्ट्रिय नाँचघरमा सोमबार आयोजना गरिएको कार्यक्रममा चलचित्रका निर्माता, निर्देशकका साथमा कलाकारहरु सहभागी भएका थिए। कार्यक्रम हेर्नका लागि सभा गृहको हलमा दर्शक खचाखच उपस्थित थिए।

Shilpa Pokharel -Kishor Khatiwada

कार्यक्रममा चलचित्रको ट्रेलर, गीत पनि प्रस्तुत गरियो। साथमा चलचित्रको गीतमा उपस्थित दर्शकले नृत्य समेत गरेका थिए। चलचित्रका सह-निर्माता कमल जीसीले ‘वृन्दावन’ उत्कृष्ट चलचित्र बनेको भन्दै सबै दर्शकलाई मनपर्ने बताए। निर्माता रुद्र खनालले नारीको कथामा चलचित्र बनेकाले तीजमा कोशेली स्वरुप प्रदर्शन गर्न लागिएको बताए।

Brindaban-teej-program

कार्यक्रममा चलचित्रका मुख्य कलाकार नायिका शिल्पा पोख्रेल र नायक किशोर खतिवडा भने देखिएनन। शिल्पाले आउँछु भनेर पनि कार्यक्रममा सहभागीता नजनाएपछि निर्देशक राजबहादुर साने केही आक्रोशित देखिए। उनले आफूहरु नयाँ निर्माता र मेकर भएकाले नायिका र नायकले वेवास्ता गरेको गुनासो पोखे। शिल्पा आउने खबर पाएकाले सभा गृह पुगेका पत्रकारहरु पनि नायिका नआएपछि फर्किएका थिए।

रिभेन्ज स्टोरीमा निर्माण भएको यो चलचित्रलाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ। यो चलचित्र हेर्न अब १६ बर्ष तलका बालबालिकाले बाबु आमालाई साथै लैजानुपर्नेछ। यो चलचित्र भदौ १७ रिलिज हुँदै छ।

SUBSCRIBE 👉