मागिन् आठ लाख, पाइन् तीन लाख, धन्न सृष्टिकाे फिल्मचाहिँ फुत्केन !


गाजलु हिट भयो तर हिरोइन सृष्टि श्रेष्ठका कारण होइन, अनमोल केसीको स्टारडमले। सृष्टिको अभिनयले काफी चर्चा नै बटुल्यो। तैपनि, यसलाई उनले आफ्नो क्रेज अकासिएको रुपमा अथ्र्याइन्, आखिर गाजलु डेब्यु फिल्म न पर्‍यो। त्यसैले त आफ्नो पारिश्रमिक पनि ह्वात्तै बढाउने भूत चढ्यो उनलाई, जसरी ड्रिम्सपश्चात् साम्राज्ञी राज्य लक्ष्मी शाहले बढाएकी थिइन्।

Model and Actress Shristi Shrestha | Photo Courtesy: Mahesh Pradhan

Model and Actress Shristi Shrestha | Photo Courtesy: Mahesh Pradhan

विनय श्रेष्ठले बनाउन लागेको रोमियो एन्ड मुनामा जब सृष्टिलाई अफर आयो, तब उनले आठ लाख रुपियाँ मागिन्। पक्का पनि उनको क्रेज र अभिनय कौशलभन्दा माथिको रकम थियो यो। त्यसैले निर्माण पक्ष बिचकियो। नयाँ हिरोइनको खोजीमा लाग्यो।

गाजलुपछि कुनै फिल्ममा अनुबन्ध नभएकी सृष्टिको मुखमै आएको फिल्म फुत्कन लागेपछि निदहराम नहुने कुरै भएन। त्यसैले त डिमान्डमा भारी ‘डिस्काउन्ट’ दिएर तीन लाख रूपियाँमा खुम्चिन बाध्य भइन्। धन्न फिल्मचाहिँ फुत्केन !

– नेपाल साप्ताहिकमा प्रकाशित

SUBSCRIBE 👉