नेपथ्यको “हो रामा रामा” न्यु रिलिज भिडियो


नेपथ्यले आफ्नो १०औं एल्बमको नयाँ गीत ‘हो रामा रामा’ को भिडियो युट्युव मार्फत् रिलिज गरेको छ। विगत दुई वर्षदेखि नेपथ्यले लाइभ कन्सर्टहरूमा यो गीतलाई प्रस्तुत गर्दै आएको थियो। यो भिडियो नेपथ्यले आफ्नो सांगीतिक यात्रामा संसारका विभिन्न शहरहरुमा गरिएको लाइभ कन्सर्टहरूको भिडियो फुटेजहरुलाई शमाबेश गरेको छ।

Nepathya | Amrit Gurung

Nepathya | Amrit Gurung

सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सियोलमा पहिलोपटक गाइएको यो गीतको भिडियोलाई सियोलमै कन्सर्ट गर्न लागेको बेला युट्युवमार्फत् सार्वजनिक गरेको हो। २०१६ को सेप्टेम्बर १५ तारिखका दिन नेपथ्यले सियोलमा कन्सर्ट गर्न लागिरहेको छ।

नेपथ्यको ‘हो रामा रामा’ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपथ्यको १०औं एल्बमको गीत रेकर्डिङ भर्खरै सको छ। एल्बम चाँडै नै रिलिज गर्ने तयारीमा छ। यसपटक भने हरेक गीतलाई पालैपालो सार्वजनिक गर्दै लैजाने र अन्तिममा संग्रहणीय हिसाबले सिंगो एल्बम श्रोतासामू ल्याउने रणनीति ब्याण्डले बनाएको छ।

SUBSCRIBE 👉