नायिका प्रियंका कार्कीले ह्याङ्ग बनाउने म्युजिक भिडियो


नायिका प्रियंका कार्की फिल्मी अभिनय सँगै म्युजिक भिडियो अभिनयमा समेत व्यस्त नायिका हुन्। फिल्मको अभिनय सँगै म्युजिक भिडियोमा पनि उनको अभिनय प्रसस्तै देखिन्छिन्। हालसालै गायक कर्णराज गिरीको स्वरमा रहेको ‘ह्याङ बनायौं’ बोलको गीतमा प्रियंकाले अर्का मोडल गम्भीर विष्टलाई ह्याङ बनाएको भिडियो रिलिज भएको छ।

priyanka-karki-music-video

गोदावरी बोटानिकल गार्डेनमा भिडियोको छायांकन गरिएको हो। विगत एक दशकदेखि संगीतमा आफ्नो भविष्य खोजिरहेका कर्णले गाएको यो गीतमा नारायण बस्नेतको शब्द र विकास चौधरीको संगीत छ। यस गीतको भिडियोमा हरि हुमागाईको छायांकन र अर्जुन अधिकारीको निर्देशन र निशान घिमिरेको सम्पादन छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉