धरानको पुरानो बजारमा, पललाई देखेर अलिशा मस्किदाँ !


‘धरानको पुरानोबजारमा दुइ बैनीलाइ देखेथे…’ बोलको पुरानो गीतको नयाँ भर्शनमा म्युजिक भिडियो युट्युव रिलिज गरिएको छ। युवा पुस्ताका हटकेक मोडल तथा नायक पल शाहले चर्चित मोडल अलिशा राईसंग धरानको पुरानोबजारमा भेटेपछिक दृश्यहरु गीतको भिडियोमा समेटिएको छ। हेम सुब्बा, निलम थापा र रोशन श्रेष्ठको समेत अभिनय रहेको गीतको छायांकन धरान भेडेटार लगायतका ठाउँमा गरिएको छ।

Paul Shah - Alisha Rai

पुराना लोक गायक सुरेश गन्दर्भको शब्द तथा संगीत रहेको गीतलाई बबिन लिम्बुले गाएका छन् भने रोशन श्रेष्ठको छायांकन र नमित चन्द ठकुरीको निर्देशन रहेको भिडियो योर स्टाइल प्रोडक्सनले तयार परेको हो। तीन दशक अघिको चर्चित लोक गीतलाई अहिलेको परिवेश अनुरुप रिमेक गरिएको गायक बबिन लिम्बु बताउंछन्। भिडियो रिलिजपछि गीतले अझ उचाई लिने कुरामा उनि ढुक्क छन्।
भिडियो हेर्नुहोस् :

SUBSCRIBE 👉