‘दिलमा फोटो छ, जीवन छोटो छ’ – फिचरिंग नायिका प्रियंका कार्की


पछिल्लो समय नेपाली म्युजिक भिडियोहरु निकै आकर्षक तरिकाले निर्माण हुन थालेका छन्। त्यस्ता भिडियोको चर्चा पनि धेरै हुने गरेको छ। यसैले पनि चलचित्रमा ब्यस्त अभिनेत्रीहरु समय निकालेर भएपनि म्युजिक भिडियो अभिनय गर्न व्यस्त हुन थालेका छन्।

Actress Priyanka Karki

हालसालै अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको म्युजिक भिडियो रिलिज भएको छ। गायिका आसा भोस्ले र गायक किसोर सिवाकोटीको स्वर रहेको ‘गुरास फुलोस् ..’बोलको गीत माथि बनेको म्युजिक भिडियोमा उनी देखिएकी हुन्। भिडियो प्रियंका ‘दिलमा फोटो छ जीवन छोटो छ’ भन्दै नाच्दै गरेकी छन्। फिल्ममा राखिने गीतको शैलिमा निर्माण गरिएको भिडियोमा उनलाई पुरुष मोडल दिपर्शनले साथ दिएका छन्। सिम्पल कथा समेत बुनिएको भिडियो आकर्षक बनेको छ।

भिडियो म्युजिक नेपालले आफ्नो युट्युव मार्फत सार्वजनिक गरेको हो। गीतमा रंजित गजमेरको संगीत छ। गीतको भिडियो भुषण दाहालले निर्देशन गरेका हुन् भने छायाँकन धिरज जंग शाह र सम्पादन भरत रेग्मीको रहेको छ।

SUBSCRIBE 👉