लन्डनमा हुने फेस अफ द वर्ल्ड-२०१७ मा नेपाल


लन्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस वफ द वर्ल्ड – २०१७’ मा नेपालले पनि औपचारिक रुपमा प्रवेश पाउने भएको छ। काठमाडौंमा फेस अफ द वर्ल्ड नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जुलाई १५ मा लन्डनमा सम्पन्न हुने फेस अफ द वर्ल्ड-२०१७ का लागि नेपाली प्रतिनिधि छनोट गर्ने प्रतियोगिताको घोषणा गरिएको छ।

फेस अफ द वर्ल्ड नेपालका निर्देश्ँक पियुस कर्णका अनुसार जुलाईमा सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतियोगिताको छनोटका लागि जनवरी अन्तिम साता काठमाडौंमा ‘फेस वफ द वर्ल्ड नेपाल–२०१७’ आयोजना गरिने छ। आयोजक संस्थाले झापा, जनकपुर, वीरगञ्ज तथा काठमाडौंमा प्रारम्भिक चरणको अडिसन सम्पन्न गरिसकेको छ। अडिसनबाट १४ जना पुरुष तथा ७ जना महिला प्रतिस्पर्धीहरु छनोट भईसकेका छन्। निर्णायक प्रतियोगितमा २५ जना महिला तथा २५ जना पुरुषलाई सहभागि गराउने आयोजक संस्थाको लक्ष्य छ।

कर्ण आफ्नै व्यक्तिगत पहलमा वर्ष २०१६ मा लन्डनमै सम्पन्न फेस अफ द वर्ल्ड -२०१६ मा सहभागिता जनाएर सेकेण्ड रनर्स अप तथा रन वे मोडलको उपाधि जित्न सफल भएका थिए। उपाधि जितेलगत्तै कर्णले उक्त प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आयोजक संस्थाको फ्रेन्चाइसका लागि पहल गरेका थिए।

फेस अफ द वर्ल्ड नेपालमा सहभागिता जनाउने प्रतियोगिहरु अविवाहित हुनु पर्ने, पुरुषको उचाइ कम्तिमा ५ फिट ६ ईन्च तथा महिलाको ५ फिट ३ ईन्च हुनु पर्ने नियम बनाइएको छ। नायिका नम्रता श्रेष्ठले प्रतियोगिहरुलाई करिव तीन साता लामो प्रशिक्षण दिनेछिन्। निर्णायक प्रतियोगितामा फेस अफ द वर्ल्ड यूकेका प्रतिनिधीका साथै अन्तर्राष्ट्रिय मोडलहरु निर्णायकको रुपमा सहभागि हुने फेस अफ द वर्ल्ड नेपालका नेपाल निर्देश्ँक पियुस कर्णले स्पष्ट पारेका छन्।

SUBSCRIBE 👉