विकासको डेब्यु सांगीतिक एल्बम ‘घायल चरी’


खोटाङस्थित बाम्राङ घर भएका नवगायक विकास संगम राईले बुधबारबाट ‘घायल चरी’ नामक डेब्यु एल्बम श्रोतामाझ ल्याएका छन्। बाम्राङ सेवा समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ संगीतकार र गायक गणेश रसिक, गीतकार तथा कवि भुपाल राई र समाजका अध्यक्ष देवान राईले एल्बम सार्वजनिक गरे।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव रसिकले संगीत विना मान्छेको जीवन अधुरो रहने बताउँदै आफु संगीत क्षेत्रमा नलागेको भए हालसम्म जीवित हुन नसक्ने खुलाए।

सानै उमेरदेखि राजेशपायल राई र रामकृष्ण ढकालका गीत गुनगुनाएर हुर्किएका विकासले प्लस टुसम्मको अध्ययन गरेका छन्। ३ वर्ष अघि काठमाडौं आएका विकासको एल्बममा ‘घायल चरी’, ‘माया नमार’, ‘नत्थीवाली’, ‘म मरेमा’, ‘ए मेरी आमा’ बोलका गीत छन्। गीतमा गायक विकाससँगै पुष्पराज बस्याल, जीएस स्मृतको शब्द छ भने गोविन्द थापा मगर,साधन राई र उनको आफ्नै संगीत छ । सबै गीत लोक आधुनिक फ्लेबरका छन्।

भर्जिन रेकर्डस् प्रालिले बजारमा ल्याएको एल्बममा विकासका दाजु रविन, राजकुमार राई, भाई रकेश, अंकल देवान राई र गायक कन्काईष्ट राईको विशेष सहयोग छ। गायक कन्काईष्ट भर्जिन रेकर्डस्का प्रोप्राइटर हुन्।

SUBSCRIBE 👉