अम्बिका गुरुङको म्युजिक भिडियोमा झुल्किए नायक राजबल्लभ कोइराला


नायक राजबल्लभ कोइराला अमेरिका निवासी गीतकार तथा साहित्यकार अम्बिका गुरुङको म्युजिक भिडियोमा झुल्किएका छन्। अमेरिकामा नै निर्मण गरिएको म्युजिक भिडियोको निर्देश्ँन अनिषा के क्षेत्रीले गरेकी हुन्। भिडियोमा अभिनेत्री सुनिक्षा मैनालीले राजबल्लभलाई साथ दिएकी छिन भने भावना उप्रेती क्षेत्रीले पनि अभिनय गरेकी छिन्। ‘मैलै फूल भनेर…’ गीतको बोलको यो गीतमा प्रकाश लेप्चाको संगीत र गायिका रीमा गुरुङ होडाको स्वर छ। परी ड्रिम टिमले निर्माण गरेको भिडियोलाई सुरेश दर्पण पोखरल खिचेका हुन् भने अनन्त घिमिरेले सम्पादन गरेका हुन्।

अम्बिका गुरुङले आफ्नी स्वर्गीय आमा कृष्णकुमारी गुरुङको २० औं पूण्यतिथीका अवसर पारेर काठमाडौंको एक वृद्धाश्रममा आफ्ना दुई गीत सार्वजनिक गरेकी छिन्। शान्तिनगरस्थित निःसहाय सेवा सदन तथा जेष्ठ नागरिक आवास गृहमा आयोजित समारोहमा गीतकार गुरुङले गृहमा आश्रित करिव ५० जना वृद्ध–वृद्धालाई भोजन गराउनुका साथै उनीहरुको स्वास्थोपचारका लागि नगद ५० हजार एक सय रुपैया सहयोग समेत गरेकी छिन्।

समारोहमा गीतकार गुरुङद्वारा रचित ‘आमा…’ शीर्षकको गीतका अडियो पनि सार्वजनिक गरिएको थियो। उक्त गीतमा गायक रामकृष्ण ढकालको स्वर तथा प्रकाश लेप्चाको संगीत छ। यी गीतहरु गीतकार गुरुङको एल्बम ‘भाव सागर–१’ एल्बममा समावेश छ।

SUBSCRIBE 👉