डिजे छेवाङलाई गिनिज वर्ल्ड रेकर्ड्स प्रमाणपत्र


सर्वाधिक उचाइमा डिजेइङ गरेर विश्व कीर्तिमान राखेका डिजे छेवाङ शेर्पालाई काठमाडौंमा सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ। पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनका क्रममा डिजे छेवाङलाई गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त गरेको कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको हो। डिजे छेवाङले सन् २०१६ को अक्टोबर २७ मा मनाङ जिल्लाको थोरङ् ला पासमा ५ हजार ४ १६ मिटर उचाइमा डिजेइङ गरेका थिए।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा रहेका नेपाल माउन्टेनियरिङ संघका अध्यक्ष आङ छिरिङ शेर्पाले डिजे छेवाङलाई गिनिज वल्र्ड रेकर्डको तर्फबाट प्राप्त प्रमाण पत्र तथा मेडल हस्तान्तरण गरेका हुन्। समारोहमा नेपाल शेर्पा संघका एडी शेर्पा, निमा शेर्पा, गेल्बु शेर्पा, गायिका सरस्वती लामालगायतका अन्य अतिथिको पनि उपस्थिति रहेको थियो।

समारोहमा डिजे छेवाङले थोरङ ला पासमा डिजेइङ गर्नु सजिलो काम नभएको तर सजिलो भएको भए विश्व कीर्तिमान पनि नबन्ने धारणा व्यक्त गरे। छेवाङले नेपाली कलाकारको रुपमा आफ्नो क्षेत्रबाट पर्यटन प्रवद्र्धनमा योगदान दिने उदेश्यले सवैभन्दा अग्लो स्थानमा डिजेइङ गरेको पनि स्पष्ट पारे। भूकम्पपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालका पर्यटन क्षेत्रको बारेमा नकारात्मक सन्देश गएकोमा डिजे छेवाङले उक्त गलत सन्देशलाई चिर्दै नेपाल पर्यटनका लागि सुरक्षित छ भन्ने सन्देश दिन उक्त डिजेइङ गरेको बताए।

SUBSCRIBE 👉