शिव श्रेष्ठको म्युजिक भिडियो – गल्ति मेरो… फिचरिङ्ग रुबिना श्रेष्ठ


विदेश पुगेका नेपाली युवा–युवतीहरुको प्रेम जीवनलाई चित्रण गरिएको गायक शिव श्रेष्ठको ‘गल्ति मेरो…’ गीतको म्युजिक भिडियोले कम समय मा नै दर्शकको मन जितेको छ। विक्रमराज श्रेष्ठको शब्दको यो गीतमा अमिर श्रेष्ठको संगीत निर्देशन छ।

अस्ट्रेलियामै छायांकन गरिएको भिडियोमा विदेश अध्ययन गर्न जाने युवा–युवतीहरुको प्रेम जीवन कुन गतितर्फ अघि बढिरहेको छ भन्ने कुरालाई खोतल्न खोजिएको छ। चोखो माया गर्ने व्यक्तिलाई झुक्किएर पनि धोका दिनु हुन्न, कसैबाट धोका पाइयो भने कुलतमा फस्नुको साटो धोकालाई नै शक्तिमा परिवर्तन गर्न सक्यो भने भविष्य उज्वल बन्छ भन्ने सन्देश समेत यो म्युजिक भिडियोले दिने प्रयास गरेको छ।

भिडियो हेर्नुहोस्

https://tv.glamournepal.com/music-video-galti-mero-shiva-shrestha-feat-rubina-shrestha

भिडियोलाई अस्ट्रेलिया रहेका फोटोग्राफर सुरेन श्रेष्ठले निर्देशन गरेका हुन्। यो भिडियो मार्फत अजय तामाङले अभिनयमा डेब्यू गरेका छन्। अजयलाई रुबिना श्रेष्ठ तथा दिलिप पौडेलले अभिनयमा साथ दिएका छन्। भिडियोलाई टेक बयलकोटीले छायांकन गरेका हुन् भने सुदिप श्रेष्ठ यसका सम्पादक हुन्।

SUBSCRIBE 👉