कसलाई हो, मुन्द्रेको पिरतीको चस्मा ?


जितु नेपाल, हाँस्य कलाकार, मुन्द्रे उपनामले परिचित, उनको परिचय यो भन्दा बढी खुलाईरहनु नपर्ला । उनै जीतु पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन्। अर्का हाँस्य व्यंग्यकार तथा गायक राजा राजेन्द्र पोख्रेलको गीत ‘पिरतीको चश्मा’ मा जीतुले अभिनय गरेका छन्।

यस अघि पनि उनलाई गीतहरुमा अभिनय गर्ने प्रस्ताव न आएको भने होईन। तर उनले अस्वीकार गर्दै आएका थिय। जितुले राजा राजेन्द्रको प्रस्तावलाई भने अस्वीकार गर्न सकेनन्। राजेन्द्रको रोमान्टिक गीत उत्कृष्ट लागेकाले म्युजिक भिडियोमा अभिनाय गरेको जितुको भनाई छ। भिडियोमा जितुलाई सेलिब्रेटीकै रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा जितु सँगै प्रथम खड्का र स्मारिका ढकालको पनि अभिनय छ।

यो गीतमा राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीले संगीत र राजन ईशानको संगीत संयोजन छ। गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्।

म्युजिक भिडियोमा जसोतसो नाचेका जितुले नाच्न भन्दा हँसाउन सजिलो भएको भन्दै आफूलाई कहिल्यै पनि नाचेर खान्छु जस्तो नलागेको बताए।उनले भने – ‘मेरो कलाकारिता प्रवेश पनि हाँस्य कार्यक्रमबाटै भयो। शुरु देखि नै प्रहसन गर्ने र सिरियलहरुमा कमेडि रोलहरु गर्ने तिर नै लागेँ। म नृत्यको पारखी हो मलाई एकदमै नृत्य गर्न मन लाग्छ तर स्टेपहरु मरिकाटे मिलाउन सक्दिन।’

SUBSCRIBE 👉