ट्रेलरमा एस्तो छ – ‘ब्ल्याक समर’


‘ब्ल्याक समर’ फिल्मको अफिसियल ट्रेलर रिलिज भएको छ। फिल्मको नामले नै थ्रिलर फिल हुने, एलबी सुब्बा निर्देशित यो फिल्मले प्रेम, थ्रीलर र बदलाको कथा बोल्छ। अन्तराष्ट्रिय रिलिज छेकोमा ट्रेलर सार्वजनिक भएको हो।

रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ। जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने यो फिल्मले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्ने बताईएको छ।

बेलायतका ३७ स्थानमा यो फिल्म प्रदर्शन हुने बताईएको छ। अष्ट्रेलिया, अमेरिका, क्यानडा, दक्षिण कोरिया, हङकङ, बेल्जियम, ब्रुनाई, इजरायल र युएईमा यो फिल्म रिलिज हुने जनाइएको छ।

SUBSCRIBE 👉