पुष्पल र सृस्टिना अभिनित श्री राईको रमाईलो म्युजिक भिडियो ‘बैसालु जवानी’


अभिनेता पुष्पल खड्का र मोडल सृष्टिना राईको अभिनय रहेको ‘बैसालु जावानी तिम्रो’ गीतको भिडियो रिलिज भएको छ। भिडियोमा पुष्पललाई मोडल सृष्टिनाको ‘बैसालु जावानी’ देखेपछी भुत्तुकै भएको देखाईएको छ।

रंग पत्रकार विशाल राईको पहिलो निर्देशनमा बनेको यो भिडियोमा नव गायक श्री राईको स्वर, शब्द र संगीत छ। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

यो गीत एल्बम ‘सर्मपण’मा समावेश गरिएको छ। यो एल्बमको गत शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार एवं कवि गणेश रसिक, गायिका तायाहाङ्मा राईले एकसाथ एल्बमको विमोचन गरेका थिए।

SUBSCRIBE 👉