भोजपुरी फिल्मतिर नायिका जेनिशा केसी


जेनिशा केसीलाई केही वर्षयता नेपाली चलचित्रका निर्माता-निर्देशकहरूले पत्याइरहेका छैनन्। कुनै बेला विराज भट्टसँग नाम जोडिएकी जेनिशा विराज भोजपुरी चलचित्रमा व्यस्त भएपछि एक्लिएकी थिइन्।

आफूलाई कसैले नपत्याएपछि जेनिशा तनावमा समेत थिइन्। अन्तत: अहिले उनको डुंगा पार लाग्ने जस्तो देखिएको छ। जेनिशाले आफूलाई विराजपथमा हिंडाउने जमर्को गरेकी छिन्। जेनिशा अहिले मुम्बईमा बस्छिन्, जहाँ उनले एक भोजपुरी चलचित्रमा मुख्य अभिनेत्रीको भूमिका पाएकी छिन्।

बलिउड अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडाको चलचित्र निर्माण कम्पनी पर्पल पेबलले निर्माण गरिरहेको भोजपुरी चलचित्र ‘काशी अमरनाथ’मा भोजपुरी चलचित्रका सुपरस्टार रवि किशनसँग केमेस्ट्री मिलाइरहेकी जेनिशाले आफ्नो फेसबुकमा रवि किशनसँग नाचिरहेको तस्बिर समेत पोस्ट गरेकी छिन्।

SUBSCRIBE 👉