ट्रान्स जेन्डर मोडल अञ्जली लामाको फड्को


Anjali Lama | Image Source: Instagram

Anjali Lama | Image Source: Instagram

ट्रान्स जेन्डर मोडलका रूपमा चर्चामा रहेकी नेपाली मोडल अञ्जली लामा मुम्बईको मोडलिङ संसारमा स्थापित भैसकेकी छिन्। अघिल्लो वर्ष सम्पन्न लेक्मी फेसन विकमा पहिलो ट्रान्स जेन्डर मोडलका रूपमा अडिसनमा सफल भएर क्याटवाक गरेपछि उनी चर्चामा आएकी हुन्।

भारतीय सञ्चारमाध्यममा समेत छाइसकेकी अञ्जलीको करियरमा अर्को एउटा सफलता थपिएको छ। आगामी अगष्ट महिनामा आयोजना हुने लेक्मी फेसन विकको नयाँ संस्करणका लागि समेत उनी छनोट भएकी छिन्।

Anjali Lama | Image Source: Instagram

Anjali Lama | Image Source: Instagram

अनलाइन कुराकानी गर्दै अञ्जलीले आफू फेसन विकका लागि छनोट भएका बताएकी हुन्। भारतका प्रसिद्ध फेसन फोटोग्राफरहरूसँग फोटो सेसन गराइसकेकी अञ्जली केही प्रतिष्ठित ब्रान्डसँग आबद्ध भएर समेत मोडलिङ गरिरहेकी छिन्।

SUBSCRIBE 👉