सुसनको भिडियोमा माला लिम्बुको छमछमी


‘सोल्टिनी…’ गीत गाएर लोकप्रिय भएका गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार नयाँ गीत ‘तिम्रै लाग्छ पिर…’ को म्युजिक भिडियो रिलिज गरेका छन्।

लिम्बु भाषाका गीतमा समेत स्थापित भैसकेका गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर…’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्षेत्रीले निर्देश्ँन गरेका हुन्। सुनिलद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो हो। भिडियोमा सुनिल आफैंले अभिनेत्री माला लिम्बुसंग आकर्षक नृत्य तथा अभिनय गरेका छन्। भिडियोमा सुनिलकै नेतृत्वको नेपाली ठिटोजलाई पनि फिचरिङ गरिएको छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो गीतमा गीतमा हरि लम्सालको संगीत र संगीत संयोजन छ। गीतका शब्दहरु नरेश भट्टराईले रचना गरेका हुन्। अर्जुन तिवारीले खिचेको यो गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।

SUBSCRIBE 👉