अभिनयमा श्वेताको कमब्याक । कस्तो होला श्वेता र दयाको केमेस्ट्री?


नायिका श्वेता खड्काले कृष्ण-जन्माष्ठमीको दिन पारेर फिल्म ‘कान्छी’को निर्माण घोषणा गरेकी छिन्। एक कार्यक्रमको आयोजना गर्दै श्वेताले फिल्म निर्माणको घोषणा गरेकी हुन्। नायक श्रेष्ठको निधनपछि पतिवियोगमा लामो समयसम्म अभिनय क्षेबाट टाढा रहेकी श्वेता यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्दै छिन्।

काया फिल्म्स् प्रालिको ब्यानरमा बन्न लागेको फिल्मलाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन्। फिल्ममा श्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहनेछ। फिल्मको कार्यकारी निर्माता रविन खड्का हुन्।

कार्यक्रममा बोल्दै श्वेताले दर्शकको मायाका कारण आफूले श्रीमान्को कामलाई निरन्तरता दिएको बताइन्। ‘आज भगवान्को आर्शिवाद र दर्शकको मायाले गर्दा फेरि पनि फिल्म लिएर आउँदै छु। दर्शकको मायाको कारण म फिल्मदेखि टाढा हुन सकिनँ। उहाँको निधनपछि मलाई पुनर्जन्म दिनुहुने बाबा नीर शाह तथा वसन्त श्रेष्ठप्रति म निकै आभारी छु। मेरो परिवारले यहाँसम्म आउनका लागि निकै सपोर्ट गर्नुभएको छ। मलाई हिम्मत र साथ दिनुहुने सम्पुर्णका लागि फिल्म कान्छी कोसेली स्वरूप लिएर आउँदै छु।’

निर्देशक आकाश अधिकारीले श्रीकृष्णसँग काम गर्दाको क्षण स्मरण गर्दै उनको अभावमा एकै परिवार भएर काम गर्ने बताए। फिल्मका अभिनेता दयाहाङ राईले ‘कान्छी’ आफ्नो लागि नयाँ अनुभव हुने बताए। अभिनेता नीर शाहले फिल्म कान्छी सबैका लागि आत्मीय परियोजना भएको बताए। फिल्मका अतिथि संगीतकार शम्भुजित बास्कोटाले श्वेताको अनुरोधमा फिल्म आफूले पनि संगीत भरेको बताए। ‘नेपाली समाजमा कान्छी प्यारो नाम हो। कान्छीमा निकै प्यारो भावना छ। फिल्ममा काम गर्दा श्रीकृष्णसँग जोडिएको अनुभव भएको छ’ –उनले भने। फिल्मका लेखक यम थापाले कोहिनुर आफ्नो लेखनको पहिलो फिल्म भएको र श्वेतासँंग आफ्नो लेखनको फिल्म कान्छीमा पनि काम गर्न पाएकोमा खुसी व्यक्त गरे। नृत्य निर्देशक वसन्त श्रेष्ठले फिल्म सफल हुने र सबै जनाले फिल्मलाई सर्पोट गर्ने विश्वास व्यक्त गरे।

भाद्र २ गतेदेखि मुस्ताङमा सुटिङ गरी माघ २६ गते रिलिजमा ल्याइने भनिएको फिल्ममा अनु शाह, आशान्त शर्मा, कामेश्वर चौरासिया, जयनन्द लामा, भूमिका श्रेष्ठको पनि अभिनय रहने छ। फिल्ममा शम्भुजित बास्कोटाका साथमा अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत, पुरुषोतम प्रधानको छायांकन र हिमाल केसीको द्वन्द्व रहनेछ।

अभिनेता श्रीकृष्ण श्रेष्ठ (श्रीमान) को निधनपछि श्वेताले पहिलो पटक फिल्म निर्माण गर्न लागेकी हुन्। श्रीकृष्ण र श्वेताको निर्माण तथा अभिनय रहेको ‘कोहिनूर’ले दर्शकको मन जितेको थियो।

तस्विरहरुमा हेर्नुहोस् श्वेताको सुन्दरता

Actress Shweta Khadka | Images: Sutra Entertainment and Rajex Photography

Actress Shweta Khadka | Images: Rajex Photography

SUBSCRIBE 👉